मुगुका तत्कालिन निमित्त कार्यालय प्रमुखसहित ६ जना विरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । मुगुस्थित कृषि विकास कार्यालयका तत्कालिन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढासहित ६ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
खत्याड गाउँपालिका वडा नं ४ स्थित खिराचौर कृषि सिंचाई निर्माण योजना अधुरो छोड्नेलाई कारवाही नगरी हुँदै नभएका काम पनि नापी किताबमा चढाएको आरोपमा उनीविरूद्ध मुद्दा दायर भएको हो ।
बुढाले हुँदै नभएको कामको प्रतिवेदन तयार गरी भुक्तानीको लागि टिप्पणी उठाउन लगाई उनले उपभोक्ता समितिलाई १२ लाख ८३ हजार ३४ रूपैयाँ दिएको पाइएको छ ।
उनीमाथि सोही रकम बराबरको बिगो सहित कैद सजायको मागदाबी कायम गर्दै आज विशेष अदालतमा मुद्दा दायर भएको हो ।
मुद्दा दायर हुनेमा तत्कालीन सब इन्जिनियर राजेन्द्र शाही, प्रा.स सहायक स्तर पाँचौ टेकबहादुर खत्री, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर रोकाया, कोषाध्यक्ष अमना कुमारी रोकाया, सचिव भुवन रावल रहेका छन्।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया