डिशहोमको नयाँ योजना : १ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने
काठमाडाैं । डिसहोमले ग्राहकहरुको विशेष आग्रहमा नयाँ योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने योजना ल्याएको हो ।
यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना नेपालभर सीमित अवधिको लागि लागू हुनेछ ।
विगत १४ वर्ष देखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको छ । डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ । जस अनुसार डिशहोमले ग्राहकहरुलाई विभिन्न योजनामार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरु प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह
-
आज देशैभर पुष्पलाल स्मृति दिवस मनाइँदै
-
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने


प्रतिक्रिया