NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

डिशहोमको नयाँ योजना : १ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने

काठमाडाैं । डिसहोमले ग्राहकहरुको विशेष आग्रहमा नयाँ योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने योजना ल्याएको हो ।

यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना नेपालभर सीमित अवधिको लागि लागू हुनेछ ।

विगत १४ वर्ष देखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको छ । डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ । जस अनुसार डिशहोमले ग्राहकहरुलाई विभिन्न योजनामार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरु प्रदान गर्दै आएको छ ।