NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

यस्तो छ देउजाले बालुवाटार प्रकरणमा देउवाको संलग्नता खुलाएको बयान

काठमाडौं । सरकारले लामो समयदेखि रोकेको ललितानिवास सरकारी जग्गा हिनामिना प्रकरणसम्वन्धी अनुसन्धान अघि बढाएको छ । मंगलबार यो समाचार तयार पार्दासम्म सिआइबीले जग्गा हिनामिनामा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ ।

बालुवाटार जग्गा हिनामिनामा संलग्नलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको यो पहिलो पटक हो । व्युरोले पहिलो दिनमै ६ जनालाई पक्राउ गरिसकेको छ ।

त्यसमध्ये मिनबहादुर गुरुङ्गपछि पक्राउ परेको कलाधर देउजा कर्मचारीतर्फका मुख्य व्यक्ति हुन् । उनले यसअघि सिआइबीसँगको बयानमा जग्गा हिनाप्रकरणमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको संलग्नता खुलाएका थिए । उनकै बयानले पनि जग्गा हिनामिनाको सुरुवात देउवा र कोइरालाबाट भएको देखिन्छ ।

यसअघि जग्गा हिनामिनामा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई लगायतमात्रै देखिएका थिए । तर देउजाले देउवाको संलग्नता उदाङ्गो बनाइदिएका हुन् ।

बालुवाटार प्रकरण : को-को माथि बज्दैछ खतराको घण्टी ?

पढ्नुहोस्, देउजाले सिआइबी समक्ष दिएको बयान

२०१७ साल पछि प्रजातन्त्रको पुनर्स्थापनाको लागि भएका संघर्षहरुमा संलग्न भएको कारणबाट जफत भएको घर जग्गा तथा सम्पत्ति श्री ५ को सरकारको अधिनमा रहेको जति जानकारीमा आउना साथ तुरुन्त फिर्ता दिने भन्ने मन्त्री परिषदको निर्णय भएको कुरा प्राप्त भएको । यस सम्बन्धमा यस्तै निर्णय मन्त्रीपरिषदबाट पटक पटक भई सो निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय, भूमि सुधार मन्त्रालय, मालपोत विभाग हुँदै प्राप्त विभागिय आदेश अनुसार सुवर्ण शमशेरका हकदारहरूका नाउँमा फिर्ता दिईएको हो ।

जग्गा फिर्ता दिने कारवाहीको सिलसिलामा प्रमाणका रुपमा त्यसबेला अभिलेखमा देखिएकोलाई आधार मानेको । नापीकै बेलाको लगत/श्रेष्ता सुवर्ण शमशेरको नाउँमा कायम रहेको, ती जग्गा अधिग्रहण भएको भन्ने कहिँ कतै उल्लेख नभएको, क्षतिपुर्ती पाएको कुरा पनि कतै उल्लेख गरेको जनाएको नदेखिएको, श्रेष्ता खारेज वा सरकारमा गएको भन्ने लगतमा कतै उल्लेख नभएकोले ती जग्गा सरकारी हो भन्ने नदेखिएकोले मं.प. को निर्णय र बिभागिय आदेशले हकवालाको नाममा फिर्ता दिईएको हो । निर्णय प्रकृयाको सिलसिलामा मालपोत कार्यालयको सम्बन्धित फाँट शाखाबाट सुवर्ण शमशेरको हकवालाको नाममा जग्गा फिर्ता दिनको लागि मं.प. को निर्णय भई आएकोले उक्त निर्णय कार्यान्वयनको लागि भनि बिभागिय आदेश प्राप्त भएको श्रेष्ता सुवर्ण शमशेरको नाममा कायम रहेको, अधिग्रहण भई क्षतिपुर्ति पाएको भन्ने कहिँ कतै नजनिएको, श्रेष्ता खारेज भएको वा सरकारको नाउँमा गएको भन्ने कहिँ कतै उल्लेख नभएकोले ती जग्गा हकवालाका नाममा फिर्ता दिन हुन्छ भनि किटानी राग साथ फाँटवाला ख. युक्त श्रेष्ठ, ना.सु. जगत पुडासैनी तथा मालपोत अधिकृत सुरेन्द्र मान कपालीले टिप्पणी पेश गरेकाले उक्त निर्णय भएको हो ।

म.प. को उक्त निर्णय अनुसार छिटो जग्गा फिर्ता दिन मन्त्रालय, विभागबाट तारन्तार ताकेता समेत भई रहेकोले कर्तव्य पालनाको सिलसिलामा असल नियतले काम छिटो गरी दिएको हो । जग्गा फिर्ता दिने सम्बन्धमा थामि नसक्नुको प्रेसर भने तत्कालीन प्र.म. निवासबाट आएको थियो । सं. प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाका प्रशासनिक सल्लाहकार दिर्घ राज कोईरालाले भु.सु. मन्त्रालय मार्फत पटक पटक फोन गरी रहनु हुन्थ्यो र स्वकिय सचिव बीरेन्द्र दाहाललाई कार्यालयमा म.प. को निर्णय सहित छिटो निर्णय गरी जग्गा फिर्ता दिन ताकेता गर्न पठाई रहनु हुन्थ्यो। जग्गाको हदबन्दी बिषयमा सुवर्ण शमशेरका हकवालामा ५ परिवार (रुक्म शमशेरक हेमाद्रीची र सुनीति) देखिएको हो । सर्सर्ती मिसिल हेर्दा भूमिसम्बन्धि ऐन (हदबन्दी) बमोजिम कानून अनुसार हदबन्दी भित्रै पर्ने देखिएकोले यसमा अरु छानबिन नगरी नै जग्गा फिर्ता दिईएको हो । जग्गा फिर्ता दिने सम्बन्धमा उठेको फायल मिसिलको जिम्मा सम्बन्धित फाँटवालाको जिम्मा रहन्छ ।

मि.नं. १०२४ र मि.नं. १०२५ को सक्कल मिसिलको जिम्मा सम्बन्धित फाँटवालाको जिम्मा रहन्छ । काम तामेल भए पछि त्यस्ता फाईल मालपोत कार्यालयकै तामेली फाँटमा सुरक्षित राख्ने व्यवस्था छ । उक्त मिसिल सम्बन्धित फाँटवालाले बुझबुझारथ गर्ने भएकोले मैले बुझाउने होईन । त्यस समयमा जुन जुन मिसिलको अंग पुग्यो शुरुमा र पछि अंग पुगेकालाई पछि क्रमशः निर्णय भएको हो ।

मालपोत कार्यालय डिल्लीबजारको प्रमुख मालपोत अधिकृतको हैसियतले मिति २०४९/०९/२३ गते निर्णय गरी मि.नं. १०२४ बाट साविक नगर २३ ’क्ष’ को कि.नं. ३० समेतका जम्मा २८–१५–१–० क्षेत्रफल भएको १९ कित्ता श्री ५ को सरकार गुठी नामको श्रेष्ता खारेज गरी सुनीति राणा, हेमन शमशेर ज.ब.रा. र हाटक शमशेर ज.ब.रा. समेतको नाममा तथा साविक नगर २३ को कि.नं. २५ समेतका जम्मा ७–१४–०–० क्षेत्रफल भएको ४ कित्ता जग्गा समेत जम्मा ३६–१३–१–० जग्गा श्री ५ को सरकार गुठी नामको श्रेष्ता खारेज गरी शैलजा राणा, हेमन शमशेर ज.ब.रा. र हाटक शमशेर ज.ब.रा. समेतको नाममा दर्ता गर्दा फाँटवालाहरु खरिदार युक्त बहादुर श्रेष्ठ, ना.सु. जगत प्रसाद पुडासैनी समेतबाट टिप्पणी उठी मालपोत अधिकृत सुरेन्द्र कपाली समेतबाट सिफारिस भई आए बमोजिम प्रमुख मालपोत अधिकृतको हैसियतले मैले निर्णय गरेको हुँ। फाँटवाला, मालपोत अधिकृत हुँदै पेश हुन आएको फाईल ठिक छ भन्ने विश्वासमा निर्णय गरेको हुँ। यसरी निर्णयको लागि कार्यालय प्रमुख समक्ष पेश भएका फाइलहरु कानुन सम्मत छन्, छैनन् भनि निर्णय गर्ने अधिकारीहले हेर्नुपर्छ । कार्यालय प्रमुखबाट गलत निर्णय भएमा सो को जिम्मेवाी कार्यालय प्रमुखको हुन्छ । टिप्पणी उठाउने र सिफारिस गर्ने कर्मचारीलाई देखाएर निर्णयकर्ता आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन । तर फायलमा भएका कागजपत्र र विषय कानुन सम्मत छ/छैन भनि हेरी पेश गर्ने फाँटवाला र मालपोत अधिकृतसमेत यसमा जिम्मेवार छन् । इन्द्र बहादुर थापा मेरो सालि क्यानु थापाको श्रीमान हुन् । निजो नाममा कसरी जग्गा गयो मलाई थाहा छैन ।

‘बालुवाटार जग्गा हिनामिनाको आरम्भकर्ता देउवा’, उच्च नेतृत्व मुछिएपछि सिआइबीको प्रतिवेदनमा तालाचाबी