NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पारिजातका फाइदै फाइदा : यी समस्यामा लाभदायिक

एजेन्सी ।  आयुर्वेदमा धेरै प्रकारका जडिबुटीहरू छन्, जसले सामान्यदेखि गम्भीर रोगहरु कम गर्छ । यिनैमध्ये पारिजात एक हो । यसको पातदेखि फूलसम्म स्वास्थ्यवर्धक छ । यसलाई ‘नाइट ब्लुमिङ जास्मिन’ पनि भनिन्छ ।

पारिजातको फूल, पात र बोक्रामा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल, एन्टी इन्फ्लेमेटरी गुणहरु हुन्छन् ।  जसले धेरै समस्यासँग लड्न मद्त गर्छ । यसले संक्रामक रोगहरूको जोखिम कम गर्छ भने बाथकाे समस्याबाट समेत राहत दिन्छ ।

बाथ राेगमा जोर्नी दुख्ने, सुन्नने, हात खुट्टा चलाउन समस्या हुने गर्छ । यसबाहेक, शरीर सुन्निने समस्यामा पनि पारिजात लाभदायिक मानिन्छ । यसको पातमा एन्टी-इन्फ्लेमेटरी गुण हुन्छ, जसले शरीरको दुखाइ र सूजन कम गर्छ ।

यसमा घाउ छिट्टै निको पार्ने गुण पनि हुन्छ । यदि अनुहारमा डण्डिफोर, चायाँपोतो छ भने पनि पारिजातको प्रयोग प्रभावकारी हुन्छ । यसै गरी पारिजातको पातले मौसमी ज्वरो, रुघा, खोकी निर्मुल पार्न मद्त गर्छ ।

कसरी प्रयोग गर्ने पारिजात ?

यी समस्यालाई निर्मूल गर्न यसकोे प्रयोग सहि तरीकाले गर्न आवश्यक छ । यदि तपाइ यसलाई अर्थराइटिसका लागि प्रयोग गर्दै हुनुहुन्छ भने पहिले पारिजातको फूल, पात र बोक्रालाई बराबर मात्रामा लिएर पानीमा पकाउनुहोस् र त्यसको पानी दुई पटक पिउनुहोस् । यसले जोर्नीको दुखाइ हुन दिदैन् ।

अनुहार तथा छालामा यसको प्रयोग गरी लाभ दिन पारिजातको फेुस मास्क बनाएर लगान सकिन्छ । यसमा अनुहार सफा गर्ने तथा अन्य छालासम्बन्धी समस्या कम गर्ने प्राकृतिक गुण हुन्छ ।