नेकपा एसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ ।
अहिले बिहान साढे १० बजे बस्ने गरी बैठक बोलाइएको हो ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्ने विषय बैठकको मूल एजेण्डा रहेको बताइएको छ ।
नेकपा एसका केही सांसदले सरकारले ल्याएको बजेटमाथि प्रश्न उठाउँदै यथास्थितिमा पारित गर्न नदिने बताउँदै आएका छन् ।
प्रतिक्रिया