सहकारीलाई ३० दिनभित्र सबै विवरण उपलब्ध गराउन काठमाडौं महानगरको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत सबै विवरण ३० दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
महानगरपालिकाको सहकारी विभागले एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको ३० दिनभित्र सबै विवरण बुझाइ अद्यावधिक गर्न सहकारी संस्थालाई निर्देशन दिएको हो । उक्त समयभित्र विवरण नबुझाएमा कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।
काठमाडौं महानगरपालिका सहकारी ऐनको दफा २८ को उपदफा २ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ मा तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने, दफा ५२ मा उक्त विवरण बुझाउनु पर्ने व्यवस्था छ ।
तर पछिल्लो समय यस्तो कानुनी व्यवस्था हुँदाहुँदा पनि सहकारी संस्थाहरूले साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको उल्लेख गर्दै सूचना प्रकाशित गरेको जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया