NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

पुनः श्रम स्वीकृतिका लागि विदेशबाटै अनलाइन प्रणालीबाट स्वीकृति गर्ने व्यवस्था मिलाइएको छ : प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रम स्वीकृति र पुन: श्रम स्वीकृतिका क्रममा श्रमिकहरुले झैल्दै आएका सास्ती अन्त्य गरिएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो बताएका हुन् ।

उनले पुनः श्रम स्वीकृतिका लागि नेपाल आउनुपर्ने बाध्यताको अन्त्य गरी विदेशबाटै अनलाइन प्रणालीबाट स्वीकृति गर्ने व्यवस्था मिलाइएको जनाए । यस्तो व्यवस्थाले विदेश भएका दाजुभाइ दिदीबहिनीको लागि ठूलो राहत बन्न गएको उनले बताए ।

त्यस्तै प्रधानमन्त्री दाहालले  वैदेशिक रोजागरीमा गएका करिब २ लाख नागरिक केही महिनामै सामाजिक सुरक्षा कोषमा जोडिनु आफैमा एउटा उपलब्धि भएको बताएका छन् । उनले भने,  ‘संसद्को पहिलो सम्बोधनमा मैले सम्बोधन गरेको थिए, वैदेशिक रोजगारीमा गएका दिदीबहिनी दाजुभाइमाथि राज्यको उपेक्षा अब अन्त्य गरिनेछ, वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानित बनाउन यस बीचमा महत्वपूर्ण दुरगामी काम भएका छन् ।’

सामाजिक सुरक्षाा कोषमा आवद्ध व्यक्तिको कदाचित भवितव्यबाट निधन भएमा परिवारलाई पेन्सन, सन्तानलाई शैक्षिक वृत्तिको व्यवस्था गरिएको र वैदेशिक रोजगारीलाई झन्झट र विचौलियामुक्त बनाइँदै लगिएको उनले जनाएका छन् ।