आँपको पात कपालका लागि फाइदाजनक, जान्नुहोस् यसको प्रयोग
एजेन्सी । आँपको पात पूजा, विवाह आदि शुभ कार्यका लागि प्रयोग गरेको त देख्नुभएकै होला । तर के तपाईलाई थाहा छ ? यसको प्रयोग केवल शुभकार्यमा मात्र नभई कपालमा पनि गर्न सकिन्छ ।
यसले कपाल बाक्लो र लामो बनाउँछ । यदि तपाईको कपाल झर्ने समस्या छ भने पनि आँपको पात प्रयोग गर्न सकिन्छ। यसले कपालको जरालाई बलियो बनाउँछ र कपाल झर्न दिँदैन । आँपको पातमा भिटामिन ए, सी र ई पाइन्छ जसले तपाईंको कपाललाई बलियो बनाउन कोलाजेन उत्पादनलाई बढावा दिन्छ।
यसमा एन्टिअक्सिडेन्ट गुणहरु हुन्छन् । जुन कपालका लागि गुणकारी छ । आँपको पात प्राकृतिक तत्वले भरिएको हुँदा यसको प्रयोगले कुनै साइड इफेक्ट गदैन । यसले प्राकृतिक तवरले नै कपाललाई चम्किलो बनाउँछ ।
आँपको पातले टाउकोको रक्तनलीलाई क्षति हुनबाट रोक्छ र रक्तसञ्चारसमेत बढाउँछ। कपाल नबढ्ने समस्यामा पनि आँपको पात लाभदायिक मानिन्छ । यसको उपयोगले कपाल बढ्छ भने समय अगावै कपाल फुल्न दिँदैन । आपँको पात पोटासियम, म्याग्नेसियम र फ्लेभोनोइड्सको स्रोत हो । जसले कपाल कालो बनाउन मद्त गर्छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया