आँपको पात कपालका लागि फाइदाजनक, जान्नुहोस् यसको प्रयोग

एजेन्सी । आँपको पात पूजा, विवाह आदि शुभ कार्यका लागि प्रयोग गरेको त देख्नुभएकै होला । तर के तपाईलाई थाहा छ ? यसको प्रयोग केवल शुभकार्यमा मात्र नभई कपालमा पनि गर्न सकिन्छ ।
यसले कपाल बाक्लो र लामो बनाउँछ । यदि तपाईको कपाल झर्ने समस्या छ भने पनि आँपको पात प्रयोग गर्न सकिन्छ। यसले कपालको जरालाई बलियो बनाउँछ र कपाल झर्न दिँदैन । आँपको पातमा भिटामिन ए, सी र ई पाइन्छ जसले तपाईंको कपाललाई बलियो बनाउन कोलाजेन उत्पादनलाई बढावा दिन्छ।
यसमा एन्टिअक्सिडेन्ट गुणहरु हुन्छन् । जुन कपालका लागि गुणकारी छ । आँपको पात प्राकृतिक तत्वले भरिएको हुँदा यसको प्रयोगले कुनै साइड इफेक्ट गदैन । यसले प्राकृतिक तवरले नै कपाललाई चम्किलो बनाउँछ ।
आँपको पातले टाउकोको रक्तनलीलाई क्षति हुनबाट रोक्छ र रक्तसञ्चारसमेत बढाउँछ। कपाल नबढ्ने समस्यामा पनि आँपको पात लाभदायिक मानिन्छ । यसको उपयोगले कपाल बढ्छ भने समय अगावै कपाल फुल्न दिँदैन । आपँको पात पोटासियम, म्याग्नेसियम र फ्लेभोनोइड्सको स्रोत हो । जसले कपाल कालो बनाउन मद्त गर्छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया