ओपो फोन किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ बजारमूल्य

काठमाडाैं । हामी सबैले स्मार्ट फोन चलाउँछौँ । आजको समयमा फोनबिना कुनै काम बन्दैन, अर्थात फोनबिना हाम्रो जीवन नै अपुरो र अधुरो जस्तै बनिसकेको छ । हाम्रो जीवनमा आधारभूत आवश्यकता नै बनिसकेको छ फोन ।
बजारमा सस्तो मूल्यदेखि महंगो मूल्यसम्मका विभिन्न कम्पनीका विभिन्न मोडलका फोनहरू उपलब्ध छन् । सामान्य मानिसले पनि बोक्न सक्ने फोन बजारमा उपलब्ध छन् भने महंगो किन्न चाहने मोबाइलका सौखिनहरूका लागि पनि फोन उपलब्ध छन् । बजारमा एक हजारदेखि लाखाैँ मूल्य पर्ने मोबाइल फोनहरू देख्न सकिन्छ ।
बजारमा बढी चलेका फोनहरू भनेका स्यामसङ, ओपो, रेडमी, रियलमी, साओमीलगायत हुन् । पछिल्लो समय नेपाली बजारमा आइफोनको पनि माग बढ्दो छ, तर यो फोन अरू फोनभन्दा महंगो हुने भएकाले सबैले उपभोग गर्न सक्दैनन् । अरू कम्पनीका फोनहरू भने सस्तो मूल्यदेखि लाखौंसम्म पर्न आउँछ ।
ग्राहकको रोजाइमा पर्ने विभिन्न मोडलका फोनमध्ये ओपो पनि एक हो । यो फोन धेरैले रूचाइएको मोबाइल बिक्रेताहरू बताउँछन् । आज यही फोनको मूल्यबारे हामी चर्चा गर्दैछौँ :
ओपो ए१६ के
बजारमा ओपो ए१६ के फोन ३।३२ जिबी र ४/६४ जिबी मा उपलब्ध छन् । ३।३२ जिबी को मूल्य १५ हजार ९९० रूपैयाँ रहेको छ भने ४/६४ जिबी को मूल्य १७ हजार ४९० रूपैयाँ रहेको छ ।
ओपो ए१६
नेपालमा ओपो ए१६ ३।३२ जिबी र ४/६४ जिबी मा उपलब्ध छन् । ३।३२ जिबी को मूल्य १८ हजार ९९० र ४/६४ को मूल्य २२ हजार ९९० रूपैयाँ रहेको छ ।
ओपो ए१७
नेपाली बजारमा ओपो ए१७ (४/६४) को आधिकारिक मूल्य १९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।
ओपो ए१७ के
ओपो ए १७ के को बजार मूल्य ३।६४ जिबीको १४ हजार ९९९ रूपैयाँ रहेको छ ।
अन्य मोडलहरूमा
ओपो ए५७ (४/६४) २३ हजार ४९९ रूपयाँ
ओपो ए७६ (६/१२८) २९ हजार ९९० रूपैयाँ
ओपो ए ७७ ४/१२८ २५ हजार ९९९ रूपैयाँ
ओपो ए७७ एस ८/१२८ ३० हजार ९९९ रूपैयाँ
ओपो एफ१९ (६/१२८) ३१ हजार ९९० रूपैयाँ
ओपो एफ१९ प्रो ८/१२८) ३५ हजार ९९० रूपैयाँ
ओपो एफ२१ प्रो ८/१२८) ३९ हजार ९९९ रूपैयाँ
प्रतिक्रिया