मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिलाई कृषि विकास बैंकको आर्थिक सहयोग

काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विहीवार समितिलाई आर्थिक सहयोग गरेको हो ।
बैंकका बागमती प्रदेश कार्यालयका मुख्य निर्देशक (उपमहाप्रबन्धक) निर्मलकुमार उपाध्यायले समितिका अध्यक्ष तथा पूर्व कानुन मन्त्री अग्नीप्रसाद खरेललाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा अतिथिका रूपमा उपस्थित पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संस्थागत सामाजिक उत्रदायित्वअन्तरगत बैंकले वाटिकालाई आर्थिक सहयोग गरेर सत्कर्म गरेकोमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा बैंकको सञ्चालन तथा वजार व्यवस्थापन विभागका विभागीय प्रमुख मिनराज पोखरेल, कोटेश्वर शाखाका प्रबन्धक खेटराज दाहाल, सञ्चालन तथा वजार व्यवस्थापन विभागका वरिष्ठ ऋण अधिकृत शान्तिराम भट्टराईलगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया