NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नीति बहस : सरकारी काम किन प्रभावकारी छैन ? समस्या नीति कि नियति ?

काठमाडौं । नेपालवाच र सरकारी थिंक ट्यांक नीति अनुसन्धान प्रतिष्ठानको सहकार्यमा प्रशारण भइरहेको पोलिसी डायलगको यसपटकको श्रृंखलामा नेपाल सरकारका सार्वजनिक नीतिको प्रभावकारिताबारे बहस गरिएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्मासँग कार्यक्रम प्रस्तोता तथा प्रतिष्ठानका निवर्तमान कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेतीले जवाफदेहीता खोजेका छन् ।

आफूले प्रतिष्ठानको जिम्मेवारी सम्हालिरहँदा सरकारलाई अध्ययन र अनुसन्धानमा आधारित दिएको सुझाव कार्यान्वयनका विषयहरू डा उप्रेतीले बलियोसँग उठाएका छन् । सार्वजनिक नीतिकै बहस पैरवी गर्ने उद्देश्यकासाथ सुरु गरिएको पोलिसी डायलगको यो ५२ औं भागमा सरकारी काममा हुने ढिलासुस्ती, कर्मचारीतन्त्र र यसलाई निर्देशित गर्ने बलियो नीतिकोबारेमा बहस गरिएको छ ।

मन्त्री शर्माले यस्ता समस्याको सुधारका लागि राजनीतिको सुदृढीकरण, कर्मचारीतन्त्रमा जवाफदेहीता र जनताको जीवन सहज हुने किसिमको कानुनको आवश्यकता भएको बताएकी छिन् ।

लामो समयदेखि राजनीतिक परिवर्तन भएपनि नीतिमा किन सुधार भएनन् ? अध्ययन र अनुसन्धानमा आधारित सुझावहरूलाई सरकारले पालना किन गर्दैन ? यसको समाधानको बाटो के ? यी र यस्तै विषयमा केन्द्रित यो बहसको पूरा अंश तल भिडियोमा हेर्नुहोला ।