ललिता निवास प्रकरणमा आज थप दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले ललिता निवास प्रकरणमा आज थप दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र देवनारायण महर्जन छन् । महर्जन पशुपती टिकिन्छा गुठीमार्फत उक्त जग्गामा नक्कली मोही बनेका थिए ।
सरकार मातहतको तत्कालीन समरजंग कम्पनीको नाममा रहेको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा नक्कली मोही खडा गरेर नामसारी गर्ने निर्णय तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको मन्त्रिपरिषद्ले गरेको थियो ।
उनीहरूसँगै अब यस प्रकरणमा पक्राउ पर्नेको संख्या नौ पुगेको छ । ब्युरोको प्रहरी टोलीले यसअघि उक्त प्रकरणमा चार जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिसकेको छ ।
‘बालुवाटार जग्गा हिनामिनाको आरम्भकर्ता देउवा’, उच्च नेतृत्व मुछिएपछि सिआइबीको प्रतिवेदनमा तालाचाबी
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया