NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

आयरल्यान्डविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

काठमाडौं । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत आज नेपाल र आयरल्यान्डबीच प्रतिस्पर्था हुँदैछ । सातौं स्थानका लागि दुईबीच आज खेल हुन लागेको हो ।

खेल हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समयअनुसार मध्याह्न १२ः४५ बजे हुने तय छ ।

ओडिआई खेल खेल्न नेपाल र आयरल्याण्ड पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।

आज हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् । नेपाल टेस्ट मान्यताप्राप्त टोलीलाई हराउन चाहन्छ भने आयरल्याण्डको ध्यान नेपाललाई रोक्ने हुनेछ ।

नेपालले आजको खेलमा केही खेलाडी परिवर्तन गर्ने अनुमान गरिएको छ । यसअघि युएईविरुद्धको खेलमा नेपालले तीन खेलाडी आसिफ शेख, कुसल मल्ल र ललित राजवंशीलाई बेञ्चमा राखेर अर्जुन साउद, ज्ञानेन्द्र मल्ल र प्रतिस जिसीलाई अवसर दिइएको थियो । आजको खेलमा आसिफ र कुशल फर्किने अनुमान गरिएको छ ।

नेपालको सम्भावित प्लेइङ–११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), आरिफ शेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र प्रतिश जिसी ।