संसदीय समितिको नेतृत्व टुंग्याउन प्रमुख तीन दल सहमत
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरूको नेतृत्व छिट्टै टुंग्याउ शीर्ष नेताहरूसँग ताकेता गरेका छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ३ दलका शीर्ष नेताहरूलाई आफ्नै कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको नेतृत्व टुंग्याउने विषयमा छलफल गरेका हुन् ।
छलफलमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी भएका थिए ।
‘संसदीय समितिको नेतृत्व चाँडोभन्दा चाडो चयन गर्ने सहमति भयो, प्रमुख सचेतकहरूलाई राखेर निर्वाचन प्रकृया सभामुखले सुरू गर्नुहुन्छ,’ बैठकमा सहभागी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भने ।
समिति गठन भएको लामो समयसम्म नेतृत्व नुहँदा संसदीय कामकारवाही प्रभावित भएको भन्दै सभामुख घिमिरेले गुनासो पोखेका थिए ।
यसैगरी संक्रमणकालीन न्याय र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक अघि बढाउने विषयमा पनि दलहरूबीच समझदारी भएको उनले बताए ।
उनकाअनुसार वर्तमान शासन व्यवस्थालाई बलियो बनाउने विषयमा पनि कुराकानी भएको छ । त्यस्तै कोशी प्रदेशमा देखिएका अस्थिर राजनीतिको विषयमासमेत दलहरूबीच कुराकानी भएको उनले बताए ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया