NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

नागरिक ढाँट्दै राष्ट्रपति : दिल्लीमा गराएको उपचार खर्च ५५ लाख राज्यले व्यहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिकलाई जानकारी गराएको विवरण गलत सिद्ध भएको छ ।

राष्ट्रपति पौडेलले गत बैशाख १९ गते आफ्नो सचिवालयमार्फत विज्ञप्ती निकालेर भारतको नयाँ दिल्लीमा उपचार हुँदा लागेको खर्च स्वयम् व्यहोर्ने जनाएका थिए । ‘उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति स्वयमले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ’ भन्दै विज्ञप्ती निकालिएको थियो ।

तर विज्ञप्ती प्रकाशित भएको ठिक दुई महिनामा राष्ट्रपतिको कार्यालयबाट सार्वजनिक हुने विज्ञप्ती कति भ्रामक र छलपूर्ण थियो भन्ने स्पष्ट भएको छ ।

परराष्ट्र मन्त्रालयले असार १८ गते अर्थ मन्त्रालयलाई पत्र लेख्दै राष्ट्रपति पौडेलको उपचारमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ खर्च भएको जनाएको छ । र उक्त रकम भुत्तानी गर्न सिफारिस गरेको छ ।

सिफारिसमात्र होईन, उक्त रकम भुत्तानीका लागि यसअघि अर्थ मन्त्रालयले असार ११ गते सहमति दिइसकेको व्यहोरा पनि परराष्ट्र मन्त्रालयको पत्रमा उल्लेख छ ।

यससँगै राष्ट्रपति पौडेलले गैरकानूनी प्रक्रियाबाट नयाँ दिल्लीमा गराएको उपचारको भुत्तानी लिने भएका हुन् ।

राज्यकोषबाट खर्च नबेहोर्न भन्दै विज्ञप्ती निकाल्ने र आफैँ भुत्तानी लिने राष्ट्रपतिको निर्णयले राष्ट्रपति जस्तो गरिमामय पदमा रहेका व्यक्तित्वको इमान्दारितामा थप प्रश्न उठेको छ ।

यस घटनाले राष्ट्रपतिको कार्यालयले प्रकाशित गर्ने विज्ञप्तीको विस्वसनियतामा समेत प्रश्न उठाएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष