बाढी पहिरो प्रभावितहरूको उद्दारमा जुट्न ओलीको निर्देशन
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुने र यात्रुहरु प्रभावित हुने क्रम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले पार्टीको विपत् व्यवस्थापन विभागलाई उद्दार कार्यमा जुट्न निर्देशन दिएका छन् ।
‘हाम्रो पार्टीको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्वजानकारी गराउन र आवश्यक उद्दार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु’, बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
त्यस्तै बाढी पहिरोको जोखिम व्यवस्थापनमा राज्यले आफ्ना निकायहरुलाई यथोचित परिचालन गर्नका लागि ध्यानाकर्षण गराएका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया