प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडाैं । आज दिउँसो तीन बजे प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक हुँदैछ ।
आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल संशोधन गर्न बनेको विधेयक २०८०’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
त्यस्तै मूलुकी संहितासम्बन्धी केही नेपाल एनलाई संशोधन गर्ने विधेयक २०८० माथि प्राप्त संशोधनहरूलाइ निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया