केही दिनभित्र पूर्वमाओवादीहरू एक ठाउँमा आउँछन् : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्र सबै माओवादी घटकहरू एक ठाउँमा आउने दाबी गरेका छन् ।
माओवादीहरु विभाजित हुँदा भ्रम छर्ने र सखाप पार्न विभिन्न शक्तिहरु लागेकाले सबै घटक एक ठाउँमा आउन लागेको उनले बताए । पार्टी निकट अखिल क्रान्तिकारीको स्ववियु काउन्सिलको भेलालाई बुधबार सम्बोधन गर्दै उनले प्रतिक्रियावादी शक्तिहरू लागिरहेको उनको जिकिर छ ।
‘जनयुद्धकालमा हामीलाई घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादी रणनीति थियो, जुन अहिले पनि उनीहरू त्यहि डिजाइन अनुसार अघि बढीरहेका छन्’, उनले भने, ‘ माओवादी आन्दोलनमाथि भ्रम फैलाउनेहरुको घेरा तोड्दै प्रतिवाद गर्न म सम्पूर्ण कमरेडहरूलाई आग्रह गर्दै सबै माओवादी घटकहरू एक आएपछि २०६४ को भन्दा शक्तिशाली हुने म विश्वास दिलाउन चाहन्छु ।’
विप्लव नेतृत्वको नेकपासहित पाँचदलीय समाजवादी मोर्चा बनाएका उनले माओवादी घटकहरूलाई मिलाएर शक्तिशाली माओवादी गठन गर्ने रणनीति बनाएका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया