NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

प्रचण्ड अभिव्यक्तिको गलोपाँसो : एमालेले संसद अवारोध गर्ने चाल पाएपछि फर्काए जवाफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि आफैले दिएको अभिव्यक्ति गलपाँसो बनेपछि त्यसको जवाफ फर्काएका छन् ।

सोमबार राजधानीको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली गएको विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरूद्ध गर्ने संकेत पाएपछि बबण्डर गर्न खोजिएको आरोप लगाए ।

मैले बोलेको कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही हुनेवाला छैन’, उनले भने, ‘त्यसले के देखिन्छ भने हाम्रा विपक्षीहरुमा कति धेरै पूर्वाग्रह र विक्षिप्त छ भन्ने कुरा देखिन्छ । तर, हामी दृढताका साथ आफ्नो मिसनमा अगाडि बढेका छौं’, उनले भने ।

उनले आफ्नो अभिव्यक्तिको बचाउ गर्दै सिंहले बोलेको कुरा आफूले बोलेको जिकिर गरे ।