गगन र विश्वप्रकाशको निम्तामा कांग्रेस जिल्ला सभापति काठमाडौंमा
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको भेला आजदेखि राजधानीमा हुँदैछ ।
सो पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा सभापतिहरूको भेला हुन लागेको हो ।
जिल्ला सभापतिहरूसहितको बैठक बिहीबार मध्याह्न १२ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा तय छ ।
भौतिक रूपमा बैठकमा उपस्थित हुन नसक्नेहरूका लागि भर्चुअल रूपमा सहभागी हुने व्यवस्था मिलाइएको सो पार्टीले जनाएको छ ।
बिहीबार र शुक्रबार सञ्चालन हुने बैठक पार्टी सदस्यता वितरण, नवीकरण, पार्टी सञ्चालन पद्धतिलगायत एजेण्डामा केन्द्रित हुने बताइएको छ ।
लामो समयदेखि केन्द्रीय समिति बैठक हुन नसकिरहेका बेला जिल्ला सभापतिको भेला हुन लागेको हो । संस्थापनइतर पक्षले केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरे पनि पार्टी सभापति शेरबहादुर देउवाले उदासीनता प्रकट गर्दै आएका छन् । नेपालीलाई भुटानी शरणार्थी प्रकरणमा अमेरिका पठाउने गिरोहसँग संलग्नको अभियोगमा कारागार चलान बालकृष्ण खाँणमाथि कारबाही गर्नुपर्ने दबाब थेग्न चलाखीपूर्वक बैठक नराखेको देउवामाथि आरोप छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया