सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौं । सत्तारूढ दलका नेताको बैठक बालुवाटारमा अहिले बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तागठबन्धनमा आबद्ध दलको बैठक बसेको हो ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले सत्तागठबन्धनका नेताबीच अहिले छलफल चलिरहेको जनाएको छ ।
बैठक कोशी प्रदेशको सरकार गठनबारे छलफल चलिरहेको बताइएको छ । एमालेका हिक्मतबहादुर कार्की नेतृत्वको कोशी प्रदेश सरकार विश्वासको मत नपाएर गिरेपछि त्यहाँका प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी गरे पनि संख्या पर्याप्त नहुँदा गठबन्धन अप्ठ्यारोमा परेका छन् ।
त्यसैगरी संसदको अवरोध र समसामयिक राजनीतिक विषयमा पनि नेताहरूबीच छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री बनेको आशयको अभिव्यक्ति दिएपछि एमालेले आमजनता र सार्वभौम जनताको अपमान गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । यही माग राख्दै बुधबार उसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको थियो ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया