एलिजाले लिइन् राजनीतिबाट विश्राम
काठमाडाैं । अभिनेत्री तथा नागरिक उन्मुक्ति पार्टी (नाउपा)की नेत्री एलिजा गौतमले सक्रिय राजनीतिबाट विदा लिएकी छिन् । बिहीबार सामाजिक सञ्जालमा एक स्टाटस राख्दै राजनीतिबाट विदा लिएकी घोषणा गरेकी हुन् ।
साथै उनले आगमी दिन समाजसेवामा नै सक्रिय रहने बताएकी छिन् ।
उनले स्टाटसमा आफू धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित भएकोसमेत उल्लेख गरेकी छिन् ।
उनले स्टाटसमा लेखेकी छिन्, ‘धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ ।’
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया