कुमारी बैंकका सिइओसहित ११ विरूद्ध एक अर्ब बढीको सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानूनी रुपमा कर्जा अपचलन गर्ने कुमारी बैंकका तत्कालिन सिइओ अनुजमणी तिमिल्सिनासहित ११ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।
बिशेषगरी कालोधनको नियमन गर्ने प्रमुख निकाय रहेकाे विभागले बिहिबार तिमिल्सिना सहित ११ जना विरुद्ध बिशेष अदालतमा मुद्धा दायर गरेको हो ।
विभागले उनीहरुसँग एक अर्ब १० करोड ४३ लाख विगो माग दावी गर्दै मुद्धा दायर गरेको छ । पछिल्लो समयमा विभागबाट बिशेष अदालतमा दर्ता भएमध्ये याे सबैभन्दा ठूलो मुद्दा हो ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान हुँदा कुमारी बैंकका तत्कालिन सिइओ तिमिल्सिना र बैंकका तत्कालिन न्यूरोड शाखा प्रमुखसमेतको मिलेमतोमा फर्जी कागजात बनाइ कर्जा प्रवाह गरेको भेटिएको विभागले जनाएको छ ।
उनीहरुले फर्जी कागजातका आधारमा मेरलायन इन्टरप्राइजेज कम्पनी प्रा.लि. को नामबाट कर्जा लिएर सम्पति शुद्धीकरण निवारण ऐनले निषेध गरेको कार्य गरेको निष्कर्ष सहित विभागले बिहीबार मुद्दा दायर गरेको हो ।
उक्त कसुरमा बैंक तथा नीजि कम्पनीसमेतका गरी ११ जना कर्मचारी संलग्न भएको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले गैरकानूनी प्रक्रियाबाट एक अर्ब १० करोड ४३ लाख ३६ हजार ४ सय रुपैयाँ अपचलन गरेको अनुसन्धानले देखाएको छ । त्यसै आधारमा विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३० को उपदफा १, २, ७ र ८ बमोजिम अलग–अलग सजाय माग गरेको छ ।
विभागले त्यसै ऐनको दफा ३४ को उपदफा १ र २ बमोजिम अपचलन भएको रकम जफत गर्न समेत बिशेष अदालतमा माग दावी गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया