अभिनेता ताम्राकार झुण्डिएको अवस्थामा मृत फेला
काठमाडौं । फिल्म अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन् । रातोपुलस्थित आफ्नो निवासमा बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् ।
काठमाडौं प्रहरी परिसरले ताम्राकार झुण्डिएको अवस्थामा मृत फेला परेको पुष्टि गर्दै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको जनाएको छ ।
घटनाको कारण खुलेको छैन । प्रहरीले थप अनुसन्धानपछि मात्रै यसबारे बताउन सकिने जनाएको छ ।
फिल्म रानीबाट नेपाली चलचित्रमा डेब्यु गरेका उनले थप दुई फिल्ममा पनि अभिनय गरेका छन् । पछिल्लो समय उनी फिल्म ‘ह्यासट्याग माया’ मा व्यस्त थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया