कोशीका मुख्यमन्त्रीले शपथ लिँदै, आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
बिहीबार सत्तागठबन्धन दलको समर्थनमा मुख्यमन्त्री नियुक्त थापाको शपथ शुक्रबारका लागि तय भएको कोशी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
शपथपछि थापाले आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन् ।
एमालेका हिक्मतबहादुर कार्की नेतृत्वको सरकार विश्वासको मत नपाएर गिरेपछि थापाले मुख्यमन्त्रीमा मौका पाएका हुन् । उनलाई सत्तागठबन्धनका दलसँगै सभामुखको समर्थन छ । सरकार गठनका लागि आवश्यक संख्या पुर्याउन सभामुखलाई समेटिएपछि एमालेले भने यसमा आपत्ति जनाएको छ । सभामुखलाई सरकार गठनमा सामेल गराएर संसदीय मर्यादाविपरीत गतिविधि गरिएको उसको भनाइ छ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया