NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

कोशीका मुख्यमन्त्रीले शपथ लिँदै, आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

बिहीबार सत्तागठबन्धन दलको समर्थनमा  मुख्यमन्त्री नियुक्त थापाको शपथ शुक्रबारका लागि तय भएको कोशी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

शपथपछि थापाले आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन् ।

एमालेका हिक्मतबहादुर कार्की नेतृत्वको सरकार विश्वासको मत नपाएर गिरेपछि थापाले मुख्यमन्त्रीमा मौका पाएका हुन् । उनलाई सत्तागठबन्धनका दलसँगै सभामुखको समर्थन छ । सरकार गठनका लागि आवश्यक संख्या पुर्याउन सभामुखलाई समेटिएपछि एमालेले भने यसमा  आपत्ति जनाएको छ ।  सभामुखलाई सरकार गठनमा सामेल गराएर संसदीय मर्यादाविपरीत गतिविधि गरिएको उसको भनाइ छ ।

ताजा अपडेट

नेपालवाच विशेष