NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कोशी सरकारविरूद्ध एमाले सर्वोच्चमा, के होला मुख्यमन्त्रीको पद ?

काठमाडौं । असंवैधानिक तरिकाले कोशी प्रदेशमा नयाँ सरकार गठन भएको जिकिर गर्दै प्रमुख प्रतिपक्षी एमालेले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

एमाले कोशी प्रदेशको तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् । सरकार गठनका लागि कांग्रेस, माओवादीसहितको गठबन्धनले सभामुख बाबुराम गौतमलाई जोडेपछि त्यसविरूद्ध एमाले सर्वोच्च अदालत पुगेको हो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम बनेको सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकार गठनको बाटो खोल्नलाई परमादेश जारी गर्न माग गरिएको छ ।

गठबन्धनको तर्फबाट कांग्रेस संसदीय दलको नेता उद्धव थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । शुक्रबार नै थापाले कांग्रेस र नेकपा एसलाई समेटेर तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।