प्रधानमन्त्री प्रचण्डले राष्ट्रियतामाथि मजाक उडाए : ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमसत्ता र राष्ट्रियतामाथि मजाक उडाएको आरोप लगाएका छन् ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले छिमिकी देश भारतले नेपालको सरकार बनाउँछु कहिल्यै नभएको जिकिर गरेका छन् । तर, नेपालका प्रधानमन्त्रीले नै सार्वभौमसत्ता विपरित अभिव्यक्ति दिएर छिमेकलाई विवादमा तान्न खोजेको आरोप लगाए ।
‘प्रधानमन्त्रीले नेपालको सार्वभौमसत्ता नेपालमा छैन, नेपालको सांसदहरुले सरकार बनाउने होइन, दिल्ली दौडिएर बन्छ । धेरै पटक मलाई बनाउन पनि मान्छे कुदेका थिए अभिव्यक्ति दिएका छन् । उहाँले राष्ट्रियतामाथि मजाक उडाइरहेका छन्’, उनले भने ।
गत सोमबार प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक सरदार प्रीतम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक भारत गएको अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै आएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया