कोशीका मुख्यमन्त्री थापाविरूद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरूद्ध परेको रिटमाथि आजा सुनुवाइ हुँदै छ ।
गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता थापालाई संविधानविपरीत मुख्यमन्त्रीमा नियुक्त गरिएको दाबीसहित निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मत कार्कीले शुक्रबार सर्वोच्च आदालतमा मुद्दा दायर गरेका थिए ।
कार्कीले संसदमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
तर गठबन्धन दलहरूले सरकार गठनमा सभामुख बाबुराम गौतमलाई जोड्नु संविधान विपरित भएको जिकिर गर्दै कार्कीले उत्प्रेरणाको आदेशबाट बदर गरी उपधारा ३ बमोजिम आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश माग गरेका छन् । रिट दायरमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतम लगायतलाई विपक्षी बनाइएको छ ।
९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि आवश्यक बहुमत ४७ मत नपुगेपछि थापाले सभामुखको समर्थन लिएका थिए । उनी कांग्रेस, माओवादी, नेकपा एस र जसपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया