NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कोशीका मुख्यमन्त्री थापाविरूद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरूद्ध परेको रिटमाथि आजा सुनुवाइ हुँदै छ ।

गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता थापालाई संविधानविपरीत मुख्यमन्त्रीमा नियुक्त गरिएको दाबीसहित निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मत कार्कीले शुक्रबार सर्वोच्च आदालतमा मुद्दा दायर गरेका थिए ।

कार्कीले संसदमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

तर गठबन्धन दलहरूले सरकार गठनमा सभामुख बाबुराम गौतमलाई जोड्नु संविधान विपरित भएको जिकिर गर्दै कार्कीले उत्प्रेरणाको आदेशबाट बदर गरी उपधारा ३ बमोजिम आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश माग गरेका छन् । रिट दायरमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतम लगायतलाई विपक्षी बनाइएको छ ।

९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि आवश्यक बहुमत ४७ मत नपुगेपछि थापाले सभामुखको समर्थन लिएका थिए । उनी कांग्रेस, माओवादी, नेकपा एस र जसपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।