दोस्रो पटक मन्त्री बने प्रचण्डका ज्वाइँ

काठमाडौं । कोशी प्रदेश सरकारमा माओवादीका तर्फबाट जीवन आचार्य मन्त्री नियुक्त भएका छन् ।
आचार्यलाई मुख्यमन्त्री उद्धव थापाले शुक्रबार आर्थिक मामिला मन्त्री नियुक्त गरेका हुन् । उनलाई थापाले बिहान १० बजे पद तथा गोपनीयताको सपथ गराए ।
आचार्य नाताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ हुन् । यसअघि कार्की नेतृत्वको सरकारमा समेत पर्यटनमन्त्री रहेका आचार्यलाई थापाले शुक्रबार नै सपथ गराउन खोजेका थिए । तर माओवादीभित्रको आन्तरिक विवादले रोकिएको थियो ।
अघिल्लो पटक भौतिक पूर्वाधार विकास मन्त्री रहेका दुर्गाप्रसाद चापागाईं पहिलो चरणमा मन्त्री बनाउन पार्टी नेतृत्वमाथि दबाब परेको थियो । मुख्यमन्त्री थापाले यसअघि कांग्रेसका प्रदीप सुनुवार र एकीकृत समाजवादीका कमल जवेगुलाई समेटेर तीन सदस्य मन्त्रिपरिषद् गठन गरेका थिए ।
प्रतिक्रिया