संसदको गतिरोध हटाउन संवादमा जुटे शीर्ष तीन दल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरोध जारी राखेपछि सदन खुलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवाद थालेका छन् ।
गत सोमबार प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंहले भूमिका खेलेको विवादास्पद अभिव्यक्ति दिएपछि एमालेले बुधबारदेखि संसद अवरोध जारी राखेको छ । प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने एमालेले अडान लिएपछि उनले आइतबार अध्यक्ष केपी ओलीसँग भेट गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवासमेत सहभागी छन् । सदनमा एमालेले राजीनामा माग्ने र प्रधानमन्त्रीले राजीनामा नदिने अडानका कारण संसदमा विचाराधिन रहेको महत्वपूर्ण बिलहरू अलपत्र परेका छन् । सरकारले मिटर ब्याज पीडितलाई कारवाही गर्न ल्याएको अध्यादेश अवरोधका कारण निष्क्रिय भएको छ ।
सभामुखले अवरोध हटाउन प्रयास असफल भएपछि शीर्ष नेताहरू आफै संवादमा जुटेका हुन् । आजपनि विपक्षीले संसद अवरोध जारी राखेपछि प्रतिनिधिसभा स्थगित भएको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया