संसदको गतिरोध हटाउन संवादमा जुटे शीर्ष तीन दल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरोध जारी राखेपछि सदन खुलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवाद थालेका छन् ।
गत सोमबार प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंहले भूमिका खेलेको विवादास्पद अभिव्यक्ति दिएपछि एमालेले बुधबारदेखि संसद अवरोध जारी राखेको छ । प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने एमालेले अडान लिएपछि उनले आइतबार अध्यक्ष केपी ओलीसँग भेट गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवासमेत सहभागी छन् । सदनमा एमालेले राजीनामा माग्ने र प्रधानमन्त्रीले राजीनामा नदिने अडानका कारण संसदमा विचाराधिन रहेको महत्वपूर्ण बिलहरू अलपत्र परेका छन् । सरकारले मिटर ब्याज पीडितलाई कारवाही गर्न ल्याएको अध्यादेश अवरोधका कारण निष्क्रिय भएको छ ।
सभामुखले अवरोध हटाउन प्रयास असफल भएपछि शीर्ष नेताहरू आफै संवादमा जुटेका हुन् । आजपनि विपक्षीले संसद अवरोध जारी राखेपछि प्रतिनिधिसभा स्थगित भएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया