सभामुखलाई प्रधानमन्त्रीको फोन आएपछि संसद बैठक २ घण्टा पर सर्यो
काठमाडौं । चार दिनदेखि जारी संसद अवरोध हटाउन प्रमुख तीन दलका शीर्ष नेताहरू संवादमा जुटेपछि प्रतिनिधि सभाको बैठक दुई घन्टा सरेको छ।
प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै बुधबारदेखि सदन चल्न दिइएको छैन ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सदन खुलाउने विषयमा छफलफ सकारात्मक भएको भन्दै प्रधानमन्त्री प्रचण्डले सभामुखलाई फोन गरी बैठक २ घण्टा सार्न लागिएको ससाभुखको सचिवालयले जनाएको छ ।
दिउँसो १ बजेलाई तय गरिएको बैठक ३ बजेलाई सरेको घिमिरेका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। गत सोमबार भारतीय नागरिक सरदार प्रीतम सिंहबारे लेखिएको पुष्तक विमोचनमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको, नेपालका शीर्ष नेताहरूसँग भेट गरेको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति राष्ट्रियतामाथि प्रहार भएको भन्दै एमालेले संसद अवरूद्ध पार्दै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया