संसद अवरोध हटाउन प्रमुख तीन दल सहमत
काठमाडौं । चार दिनदेखि जारी संसद अवरोध हटाउन प्रमुख तीन दलबीच समझदारी भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको एमाले, कांग्रेस र माओवादी केन्द्रको बैठकमा ३ बजे प्रधानमन्त्रीले सुरूमै सम्बोधन गरेपछि बैठकलाई सूचारू गर्न तीन दलबीच समझदारी भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
गत सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली गएको विवादास्पद अभिव्यक्ति दिएपछि एमालेले राजीनामा माग्दै संसद अवरोध गर्दै आएको छ ।
सत्ता गठबन्धनले अभिव्यत्तिलाई नै लिएर प्रधानमन्त्री राजीनामा दिन नपर्ने निर्णय गरेको थियो । संसद अवरोध हटाउन प्रधानमन्त्री आफैले संवाद थालेका हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया