NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

छोरा जयवीरको कसम खाएकी आरजु आफ्नै कारण शरणार्थी प्रकरणमा यसरी फसिन्

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा करोडौं रकम असुुल गरेको आरोपमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, भुटानी शरणार्थी मानव अधिकारवादी नेता टेकनाथ रिजाललगायत नेताहरू पुर्पक्षका लागि जेलमा छन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले चैतको पहिलो साता ठगी गिरोहका नाइके केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर थुलुङ राई र टंक गुरुङलाई पक्राउ परेपछि ‘हाई प्रोफाइलहरू’को संलग्नता खुलेको हो ।

विश्व मञ्चमा नेपालकै प्रतिष्ठामाथि आँच आएको यस प्रकरणमा प्रहरीले अनुसन्धान कार्य अगाडि बढाइरहेको समयमा कांग्रेसका सांसद द्वय आरजु राणा र मञ्जु खाँणसमेत संलग्न भएको अडियो सार्वजनिक भयो । राणा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाका पत्नीसमेत हुन् भने खाँण अभियुक्त बालकृष्णका पत्नी हुन् । उक्त अडियो २४ बैशाखमा सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएपछि निकै हलचल भयो । उक्त अडियो मिडियादेखि समाजिक सञ्जालसम्म भाइरल भएपछि राणाले शरणार्थी प्रकरणमा आफु संलग्न नभएको जिकिर गदै उनले अत्याधुनिक प्रविधिमार्फत अडियो परिक्षण गर्न बैशाख २७ गते प्रहरी साइबार ब्यूरोमा उजुरी दिएकी थिइन् ।

अडियोका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइवर ब्यूरोले परीक्षण गर्दा Speakers Identification Traits Match भनी उल्लेख भएको जुन स्वर जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगरपालिका–१६ दाङ घर भएका वर्ष ३४ को सन्देश शर्माको Control Sample सँग मेल खाएको प्रहरीको उच्च अधिकारीले जानकारी दिएका छन् । कहाँ र कसबाट Originate भएको भन्ने सम्बन्धमा Tiktok सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुन नसकेको प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताएका छन् । निज शर्माको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगी तथा संगठित अपराध कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा रहेकाले शर्मासँग सम्बन्धित थप विवरण अदालतबाट उपलब्ध हुने उनले जानकारी दिए । सार्वजनिक भएको अडिओमा पीडितले राणालाई साढे २ करोड र खाँणलाई ६ करोड रकम बुझाएको उल्लेख छ ।

इमान्दार देखाउन खोज्दा फसिन् राणा

अडियाे सार्वजनिक भएसँगै राणा र खाँणलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन सरकारमाथि चौतर्फी चर्को दबाब परेको थियो । शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना आरोपितमध्ये रायमाझी, खाणसहित १६ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान भइसकेका छन् । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले असार २ मा लक्ष्मी महर्जन र टंक गुरुङबाहेक सबैलाई कारागार पठाउने आदेश दिएको हो । यस प्रकरणमा जोडिएका ३० जनाविरूद्ध मुद्धा दायर गरेपनि बाँकी १३ जना फरार रहेका छन् । ३० जनाविरूद्ध राष्ट्रहित विपरीतको कार्य, संगठित अपराध, ठगी, सरकारी कागज किर्ते र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

तर प्रहरीले यसै प्रकरणमा मुछिएका राण–खाँणमाथि संलग्न भएको पुष्टी हुने आधार नभएको भन्दै उनीहरूलाई सामान्य सोधपुछ समेत गरेन । यद्यपि शरणार्थी प्रकरणको सूई आफैतिर पनि फर्किने देखिएपछि आत्तिएकी राणा–खाँणले अडियो प्रकाशित गर्ने मिडिया, सामाजिक सञ्जाल प्रयोगकर्ताविरूद्ध प्रेस काउन्सिलदेखि प्रहरी कार्यालयसम्म उजुरी दिइन् । राणाले त आत्तिँदै आफूलाई सहि साविति देखाउनका लागि ब्यूरोमा सशरिर उपस्थित भएर अडियो प्रमाणित गरी वास्तविकता बाहिर ल्याउन ब्यूरोमा उजुरी दिएकी हुन् । उनले उजुरी दिएको अडियो नै अभियुक्त शर्मासँग मेल खाएपछि राणा जुनसुकै बेला पक्राउ पर्ने देखिन्छ ।

 

छोरा जयवीरको कसम खाएकी थिइन् राणाले

राज्यविरूको संगठित अपराधमा संलग्नमाथि प्रहरीले सूक्ष्म रूराणाले अनुसन्धान कार्य अगाडि बढाइरहेको अवस्थामा बैशाख ३१ गते हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नका प्रस्तोता राजेन्द्र बानियाँलाई छोरा जयवीरको कसम नै खाएर शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको जिकिर गरेकी थिइन् । सो कार्यक्रममा आफूले कसैबाट रकम बुझेको पुष्टि गर्न पनि उनले चुनौती दिएकी थिइन् ।

‘हेर्नुस् एउटा मान्छे मलाई देखाउनुस् आरजु देउवालाई पैसा दिएर काम गराएँ, त्यतिबेला म मान्छु । मेरो छोराकै कसम खाएर भन्छु कि मैले यो गरेको छैन’, उनले दोहोर्याएर भनेकि थिइन्, ‘म मेरो छोरा जयवीरको कसम खाएर भन्छु नक्कली शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन । दुई करोड बुझेको भन्ने अडिओ फेक हो ।’

प्रधानमन्त्री प्रचण्डको अग्नि परिक्षा

शरणार्थी प्रकरणमा एमाले–कांग्रेसका भिआइपी अभियुक्तलाई पक्राउ गरी जेल पठाएपछि अहिले प्रचण्ड सरकारको चौतर्फ प्रशंसा भइरहेको छ । कांग्रेसको सहयोगमा तेस्रो पटक प्रधानमन्त्री भएका उनका लागि यो प्रकरणले चुनौती र अवसर दुबै दिएको छ ।  राज्य नै संलग्न  भएकाले यस प्रकरणकाे लहरो उच्च नेतासम्म पुग्ने अनुमान गरिएको छ । सुरूमा यस प्रकरणमा कांग्रेस र एमालेका प्रभावशाली नेता कै संलग्न देखिएपछि प्रहरी नै हच्किएको थियो । तर प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायकाजी श्रेष्ठको साथ र सहयोग पाएपछि प्रहरीले भिआइपी अभियुक्तहरूलाई पक्राउ गर्न सफल भयो ।

यो प्रकरणमा राणा समेत रहेको पुष्टी भएमा प्रचण्डका लागि अग्नि परिक्षा हुने देखिन्छ । देउवाका विश्वासपात्र खाँण पक्राउ गरेर स्याबासी पाएका प्रचण्डले देउवा पत्नी राणालाई पक्राउ गर्छन् वा गर्दैनन् भन्नेमा सबैको चासो देखिन्छ । यद्यपि गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमा जोसुकै संलग्न भएपनि पक्राउ पर्ने बताएका छन् । त्यस्तै प्रहरी महानिरीक्षक बसन्त कुवरले पनि प्रहरी संगठनले कार्यक्षमता वृद्धि गर्ने र रुपान्तरण गर्ने अहिले उपयुक्त अवसर भएकाले निर्भिकताका साथ काम गर्न निर्देशन दिएका छन् । प्रहरीको अनुसन्धान कार्यमा प्रधानमन्त्री र गृहमन्त्रीबाट सहयोग तथा साथ मिलेकाको समेत उनले बताएका छन् । सुशासन कायम राख्ने प्रतिवद्धता जनाउँदै आएका प्रधानमन्त्रीलाई जनस्तरबाट निकै समर्थन मिलेको छ । यस्तो अवस्थामा यस प्रकरणमा जोडिएका सबैलाई कारवाहीको दायरामा ल्याएर उनले विगतको छवि सुधार्छन् वा सरकारको आयुसँग जोडेर सम्झौता गर्छन्, त्यो हेर्न बाँकी छ ।

ताजा अपडेट

नेपालवाच विशेष