बालुवाटार प्रकरणमा सञ्चारसचिव राउत पनि पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले आज त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको जनाइएको छ ।
उनीले नक्कली मोहीलाई ललिता निवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएको आरोप छ । त्यतिबेला उनी भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत थिए ।
ब्यूरोले आज यही प्रकरणमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरी घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पनि पक्राउ गरेको छ ।
ताजा अपडेट
-
सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल
-
बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई कांग्रेसको ह्विप जारी
-
आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
-
प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण
-
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
प्रतिक्रिया