NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

न्यायाधीश माथेमाको इजलासमा कोशी सरकारविरूद्धको मुद्दा

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरूद्ध परेको मुद्दाको पेसी सर्वोच्च अदालतमा न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको छ ।

आइतबार उक्त मुद्दाको पेसी न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएपनि समय अभावको कारण हेर्दाहेर्दैमा राखिएको थियो । बिहीबार कोशीका मुख्यमन्त्री उद्धव थापाले सभामुख बाबुराम गौतमलाई समेत जोडेर बहुमतको सरकार बनाएका थिए ।

सरकार गठनमा सभामुखलाई जोड्नु संविधान विपरीत भएको जिकिर गर्दै निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मत कार्कीले शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष