संसद अवरोध जारी राख्ने अडानबाट एमाले पछि हट्यो, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा मागेर एक हप्तासम्म संसद अवरोध गरेको एमाले अन्ततः खुलाउन सहमत भएको छ ।
जारी अवरोध हटाउने विषयमा सोमाबार पनि प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा छलफलमा जुटेका हुन् । बैठक सकारात्मक भएको नेताहरूले बताएका छन् । बैठकबाट बाहिरिएका ओलीले संसदमै थाहा हुने जवाफ दिएका छन् ।
आइतबार भएको छलफलमा प्रमुख तीन नेताबीच सहमति भएपनि अन्तिम समयमा आएर भाँडिएको थियो । असार १८ गते भारतीय नागरिक सरदार प्रीतम सिंहबारे लेखिएको पुस्तक विमोचनमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक भारत गएको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति राष्ट्रहितविपरीत भएको भन्दै एमालेले संसदमा प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध जारी रहने अडान लिएको थियो ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया