NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

सञ्चार सचिव समातिएपछि पूर्वमुख्यसचिवले भने – उपल्लाे निर्णयकर्तालाई केरकार गर्नुपर्दैन ?

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउत ललिता निवास प्रकरणमा समातिएसँगै पूर्व मुख्यसचिव विमल कोइरालाले प्रश्न गरेका छन् ।

आइतबार राउत समातिएसँगै कोइरालाले उनी भन्दा अग्रज निर्णयकर्तामाथि केरकार किन नगरिएको भन्दै प्रश्न गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा कोइरालाले लेखेका छन्, ‘कृष्ण राउत शाखा अधिकृत हुँदाको कसुरमा परेछन् । उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकोलाई समात्नु ठिक भएन ।’

बालुवाटरस्थित ललिता निवास परिसरको जग्गा व्यक्तिको नाममा सार्ने क्रममा मुचुल्का उठाउँदा राउत भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत थिए ।

कोइरालाले यसमा संलग्न पूर्वप्रधानमन्त्री, मन्त्री, मुख्यसचिव र सचिवलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने संकेत गरेका छन् ।

हाल यो प्रकरणमा संलग्न पाँच पूर्वसचिवसहित चार सय भन्दा बढी आरोपितविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो(सिआइबी) ले हाल भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादर गुरुङसहित नौजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सचिव राउत पक्राउको सन्देश– अधिकृतहरू व्यावसायिक बन