NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

विपक्षीमाथि प्रधानमन्त्रीको प्रश्न : संसदमा बोल्न नदिने कस्तो लोकतन्त्र हो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफूलाई बोल्न नदिएर एमालेसहितका विपक्षी दलले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए ।

सोमबार संसदमा बोल्दै उनले प्रधानमन्त्रीमाथि उठेको प्रश्नको जवाफ राख्न नदिएकोमा असन्तुष्टी जनाएका हुन् ।

‘केही दिनअघि एउटा पुस्तक विमोचनमा मैले बोलेको कुरालाई लिएर विपक्षी दललहरूले तीन दिन संसद अवरूद्ध गरे । आफूमाथि लागेको आरोपको जवाफ दिन मैले संसदमा चाहेको थिएँ तर विपक्षीले बोल्न दिइन’, उनले भने, ‘मेरा पनि केही कमजोरी छन् । नैतिकताको प्रश्न पनि स्वभाविक उठ्ला । यसमा प्रधानमन्त्रीले बोल्नै नपाउने कस्तो लोकतान्त्रिक अभ्यास हो ?’

उनले २०६९/७० मा आफ्नो छोरी विरामी हुँदा प्रीतम सिंहले देखाएको सदासयताप्रति भावनात्मक सम्बन्धलाई लिएर बोलेको विषयलाई विपक्षीले अतिरन्जित गरेकोमा गुनासो पोखे ।

ताजा अपडेट

नेपालवाच विशेष