विपक्षीमाथि प्रधानमन्त्रीको प्रश्न : संसदमा बोल्न नदिने कस्तो लोकतन्त्र हो ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफूलाई बोल्न नदिएर एमालेसहितका विपक्षी दलले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए ।
सोमबार संसदमा बोल्दै उनले प्रधानमन्त्रीमाथि उठेको प्रश्नको जवाफ राख्न नदिएकोमा असन्तुष्टी जनाएका हुन् ।
‘केही दिनअघि एउटा पुस्तक विमोचनमा मैले बोलेको कुरालाई लिएर विपक्षी दललहरूले तीन दिन संसद अवरूद्ध गरे । आफूमाथि लागेको आरोपको जवाफ दिन मैले संसदमा चाहेको थिएँ तर विपक्षीले बोल्न दिइन’, उनले भने, ‘मेरा पनि केही कमजोरी छन् । नैतिकताको प्रश्न पनि स्वभाविक उठ्ला । यसमा प्रधानमन्त्रीले बोल्नै नपाउने कस्तो लोकतान्त्रिक अभ्यास हो ?’
उनले २०६९/७० मा आफ्नो छोरी विरामी हुँदा प्रीतम सिंहले देखाएको सदासयताप्रति भावनात्मक सम्बन्धलाई लिएर बोलेको विषयलाई विपक्षीले अतिरन्जित गरेकोमा गुनासो पोखे ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया