ललिता निवास प्रकरण छानविनमा सरकारलाई पूर्ण समर्थन छ : नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा सरकारलाई पूर्ण समर्थन रहने बताएका छन् ।
मंगलबार बिहान नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको काम कारवाहीमा आफ्नो समर्थन रहेको बताएका हुन् ।
‘सरकारी जग्गा हिनामिना प्रकरणमा जोसुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ । जुनसुकै तहका मान्छेले बदमासी गर्न सक्छन्, त्यसमा जोडिएको, संलग्न, हिस्सेदार छ वा छैन भन्ने कुरासँग पनि जोडिएको हुन्छ । सरकारको काममा हाम्रो पूर्ण समर्थन रहन्छ,’ उनले भने ।
ललिता निवास प्रकरणमा नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गरेर भ्रष्टाचार भएको आरोप लागिएकोप्रति पनि उनले मुख खेलेका छन् । आफू प्रधानमन्त्री हुँदा ललिता निवासको जग्गा सरकारी हो कि होइन भनेर कानुनसम्मत रुपमा छुट्याएर अगाडि बढ्ने निर्णय गरेको उनको जिकिर छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया