NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

झुट्टो शैक्षिक प्रमाणपत्र बुझाएर अस्थायी शिक्षक !

काठमाडौं । मोरङस्थित शिक्षा सदन माध्यामिक विद्यालयमा कार्यरत शिक्षक राचन्द्र मण्डलको शैक्षिक प्रमाणपत्र झुट्टो भएको पुष्टि भएको छ ।

नक्कली प्रमाणपत्रका आधारमा अस्थायी शिक्षकमा नियुक्त भएका मण्डलले भारतस्थित मगध विश्वविद्यालय, बोधगयाबाट बिएससी उत्तीर्ण गरेको भन्ने प्रमाणपत्र पेश गरेका थिए ।

त्यसकै आधारमा अस्थायी रूपमा नियुक्त भएर लाभ, सेवा सुविधा लिएका उनलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को खफा १३ को उपदफा(१) बमोजिम कारवाहीको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको हो ।