हेलिकप्टर दुर्घटनाबारे छानबिन समिति बनाउँछौं : किराती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले छानबिन समिति बनाउने बताएका छन् ।
मंगलबार जनकपुरधाममा आयोजित कार्यक्रममा उनले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने बताएका हुन् ।
‘हामीले डे वान देखि नै सेफ्टी फर्स्ट भनेका छौं । सेफ्टीमा कुनै सम्झौता हुँदैन’, उनले भने, ‘हाम्रो पहिलो शर्त सुरक्षा हो । यसबारे हामी छलफल नै छौँ । अब छानबिन समिति बन्छ । भोलिसम्ममा गठन हुन्छ ।’
बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा एक नेपाली पाइलटसहित मेक्सिकोका ५ जना यात्रुको मृत्यु भएको थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया