१६ हजार घुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकामा रु १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।
आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई घुस लिँदै गर्दा आज पक्राउ गरेको हो ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार शिक्षक छनोटका क्रममा शिक्षकबाट घुस लिँदै गर्दा अध्यक्ष र प्रधानाध्यापकलाई गागलफेदी बसपार्कस्थित गोरखकाली मल्टिशपबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया