७ किलोमिटर बाटो बनाउन ११ जना मिलेर २२ लाख भ्रष्टाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा गाउँपालिकाका अध्यक्ष जय नारायण साहसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गाउँपालिकास्थित लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबडीसम्म ७ किलोमिटर बाटो बनाउन उनीहरूले २२ लाख ९ हजार ८२६ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको छ ।
उक्त सडक निर्माणका लागि गाउँपालिकाको बजेटसँगै स्थानीय जनतासँग पनि रकम उठाइएको थियो ।
सडक नै नबनाई उक्त रकम हिनामिना गरेकोबारे उजुरीमाथि छानविन हुँदा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास र सब इन्जिनियर विज्ञान चम्लागाईंले नगरेको कामको परिणाम कार्य भएको भनी झुटो बिलका आधारमा कार्यसम्पन्न प्रतिवेदन तयार पारेका थिए ।
त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्र प्रसाद खरेल र कोषाध्यक्ष शान्ता देवी सुब्बा(राई) ले झुटो बिल पेश गरी गाउँपालिकाबाट २२ लाख ९ हजार ८२३ रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।
गाउँपालिका अध्यक्ष साहले भने भएको कामभन्दा बढी रकम भुक्तानी दिन सिफारिस गरेको पाइएको छ । गाउँपालिकाकी उपाध्यक्ष कुन्ती देवी बुढाथोकीले पनि सो कामबारे अनुगमनन नै नगरी भुक्तानी सिफारिस गरेकोे पाइयो ।
अनुगमन समितिमा रहेका गाउँपालिका वडा नं ६ का तत्कालिन वडाध्यक्ष हरिबहादुर बानिया र वडा नं ७ का तत्कालिन वडाध्यक्ष नेत्र प्रसाद उप्रेती र वडा नं ३ का तत्कालिन वडाध्यक्ष मोति लाल गणेशले पनि नभएको काममा भुक्तानी सिफारिस गरेका छन् ।
उनीहरू ११ जनालाई प्रतिवादी बनाएर आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादी सबैलाई कैद र जरिवाना मागदाबीको सजाय माग गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया