अन्त्येष्टिका लागि दाहालको शव आर्यघाट लगियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिएको छ ।
बुधबार बिहान निधन भएकी दाहालको राजकीय सम्मानका साथ अन्तिम बिदाइ गरिँदैछ ।
त्यसअघि श्रद्धाञ्जलीका लागि उनको पार्थिक शरीरलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो । दाहालको बिहान थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
प्रतिक्रिया