NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालिन सहलेखापाल पनि पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवास परिसरको जग्गा प्रकरणमा आज थप एकजनालाई पक्राउ गरेको छ ।

ब्यूरोले आज समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।

उक्त जग्गा किर्ते मुद्दामा अनुसन्धान गरिरहेको ब्यूरोले पौडेलले ती जग्गाको दर्ता स्रेस्ता सच्याएर व्यक्तिको नाममा सारेको दाबी गरेको छ ।

समरजंग कम्पनी तत्कालिन समयमा गृह मन्त्रालय मातहत रहेको सरकारी कम्पनी थियो ।

सरकारले ललिता निवासको जग्गा अधिग्रहण गरिसकेपछि सोही कम्पनी मातहत ल्याएको थियो । पछि भू-माफियाहरूको सक्रियतामा समरजंग कम्पनीको नाममा रहेका जग्गाहरू विभिन्न व्यक्ति र गुठी संस्थाका नाममा दर्ता गर्ने काम भयो ।

सो क्रममा २२ रोपनी जग्गा नै बक्सिसका नाममा विचौलियाहरूले पाएका थिए ।