NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

साझा यातायात सहकारी संस्थालाई कृषि विकास बैंकको आर्थिक सहयोग

काठमाडाैं । कृषि विकास बैंक लिमिटडले साझा यातायात सहकारी संस्था लिमिटेडलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोग गरेको हो ।

पुल्चोक ललितपुरस्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुबेदीले संस्थाका महाप्रबन्धक महेन्द्र पाण्डेलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा उपमहाप्रधन्धक सुबेदीले बैंक र साझा यातायातबीत्र सुमधुर सम्बन्ध रहेको र पछिसम्म रहने विचार व्यक्त गरे । साझा यातायातको उत्तरोत्तर प्रगतिको कामना गदै उपमहाप्रबन्धक सुबेदीले आउँदा दिनमा पनि बैंक र साझा यातायातबीच सहयोगको आदानप्रदान हुने विचार पनि व्यक्त गरे । चेक हस्तान्तरण कार्यक्रममा संस्थाका महाप्रबन्धभक पाण्डेले बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको आदान प्रदान भइरहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बैंकको सञ्चालन तथा बजार व्यवस्थापन विभागका विभागीय प्रमुख मिनराज पोखरेल, निक्षेप व्यवस्थापन विभागका विभागीय प्रमुख घनेन्द्र अधिकारी, शाखा कार्यालय लगनखेलका प्रबन्धक नारायण आचार्य, वरिष्ठ शाखा अधिकृतद्वय शान्तिराम भट्टराई तथा रिद्धी ठाकुर र संस्थाका लेखा प्रमुख सुनिल श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।