लम्पी स्किन रोगबारे सदनलाई जानकारी गराउन सभामुखको निर्देशन
काठमाडाैं । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।
देशव्यापी रुपमा महामारीका रुपमा फैलिएको सो रोगका कारण हजाराैँ पशुचौपाया मरेका कारण किसान मर्कामा परेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।
सांसदहरुको पटक–पटकको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सो रोग नियन्त्रणका लागि सरकारका तर्फबाट भइरहेको प्रयासका बारेमा जानकारी गराउन कृषि मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
त्यसअघि सांसद दीपकबहादुर सिंहले हेटौँडामा सडक विस्तारको सूचना टाँसिएका कारणले स्थानीयवासी आतङ्कित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले हैटौँडा बजारमा सडक विस्तार गर्ने हो भने मुआब्जा प्रदान गर्नसमेत सरकारसँग माग गरे । सांसद सिंहले देशव्यापीरुपमा बाँदरले आतङ्क मच्चाएकाले त्यसलाई नियन्त्रण गर्न माग गरे ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया