मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक दर्ता नगरे संसद चल्न दिन्नौं : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक सरकारले संसदमा नल्याएकोमो आपत्ति जनाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले अर्को बैठकमा विधेयक सदनमा प्रस्तुत नभए संसद अवरोध गर्ने चेतावनी दिएका हुन् ।
‘अघिल्लो बैठकमा विधेयक कार्यसूचीमै थियो । हामीले प्रतिस्थापन विधेयकमार्फत त्यसलाई अघि बढाउने प्रतिबद्धतासमेत जनाएका थियौं । तर आजको कार्यसूचीमा यो किन आएन ?’, सरकारमाथि उनल प्रश्न गरे ।
मिटरब्याज पीडितहरूले काठामाडौं केन्द्रित संघर्षबाट सरकारमाथि दबाब बढाएपछि केही पुराना ऐन संशोधन र प्रतिस्थापनका लागि नयाँ विधेयक संसदमा प्रस्तुत गरेको थियो तर एमालेको संसद अवारोधका कारण विधेयक निष्क्रिय भएको थियो ।
विधेयक तत्काल संसदमा लैजान सत्तारूढ दलभित्रै मतभेद देखिएपछि सरकारले प्रतिस्थापन विधेयक कार्यसूचीबाटै हटाएपछि विपक्षी सांसदहरूले विरोध जनाएका हुन् ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया