NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

देउवा निवासमा कांग्रेस पदाधिकारीबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक आह्वान गरेका छन् ।

देउवा सचिवालयका अनुसार दिउँसो ३ बजे कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने तय भएको हो । बैठक धुम्बाराहीस्थित देउवा निवासमा बस्नेछ ।

केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेन्डाबारे छलफल गर्नका लागि बैठक बोलाइएको हो । केन्द्रीय समिति बैठक साउन २ गते पार्टी कार्यालय सानेपामा बस्नेछ ।

गत २७ असारमा बस्ने तय भएको कांग्रेस केन्द्रीय समितिको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनपछि स्थगित गरिएको थियो ।