देउवा निवासमा कांग्रेस पदाधिकारीबीच छलफल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक आह्वान गरेका छन् ।
देउवा सचिवालयका अनुसार दिउँसो ३ बजे कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने तय भएको हो । बैठक धुम्बाराहीस्थित देउवा निवासमा बस्नेछ ।
केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेन्डाबारे छलफल गर्नका लागि बैठक बोलाइएको हो । केन्द्रीय समिति बैठक साउन २ गते पार्टी कार्यालय सानेपामा बस्नेछ ।
गत २७ असारमा बस्ने तय भएको कांग्रेस केन्द्रीय समितिको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनपछि स्थगित गरिएको थियो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया