NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्रभु बैंकको सर्भर डाउन, साँझसम्म एटीएम र मोबाइल बैंकिङ नचल्ने

काठमाडौं । के तपाईंले प्रभु बैंकको एटीएम र मोबाइल बैंकिङ प्रयोग गर्दा समस्या आयो ? आयो भने साँझसम्मका लागि यो समस्या झेल्नुपर्ने हुन्छ ।

हाल बैंकको सर्भर डाउन भएको छ । जसकारण बैंकको एटिएम र मोबाइल बैंकिङजस्ता सेवामा समस्या आएका छन् ।

नेपालवाचको सम्पर्कमा आएकी एक कर्मचारीले बैंकको सिस्टम अपग्रेड भइरहेकाले यस्तो समस्या आएको जानकारी दिइन् । साथै साँझसम्म सेवाग्राहीलाई मोबाइल बैंकिङ र एटिएम नचलाउन पनि अनुरोध गरिएको छ ।

‘समस्या समाधान हुन साँझसम्म लाग्न सक्छ । त्यतिञ्जेलका ग्राहकलाई एटिएम र मोबाइल बैंकिङ नचलाउन अनुरोध गरेका छौं,’ उनले भनिन् ।